मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित

मोरङ। मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ। बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।

मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  विस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार