खोटाङमा शान्तिपूर्ण मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खोटाङमा शान्तिपूर्ण मतदान

खोटाङ । खोटाङमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । हालसम्म सबै मतदान केन्द्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले पनि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए । पाँच वर्षमा एक पटक आउने मतदानमा सर्वसाधारणको उल्लासमय सहभागीता रहेको छ ।

१० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा जिल्लाका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदान स्थलको सुरक्षार्थ । प्रत्येक पालिकामा शसस्त्रको तीन वटा र नेपाल प्रहरीको दुई वटा मोबाईल टोली परिचालन गरिएको छ । प्रत्येक मतदान स्थलमा ८ देखि १८ जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । यसबाहेक प्रत्येक पालिकामा नेपाली सेनाको अलग स्टेशन समेत बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);