पाल्पामा वजेट कार्यान्वयन ४६ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

पाल्पामा वजेट कार्यान्वयन ४६ प्रतिशत

पाल्पा,२४ फागुन ।
यस आर्थिक वर्षका लागी खर्च गर्ने बजेट समयमा आएपनी विगत वर्षमा जस्तो यस वर्षपनीपूँजिगततर्फको वजेट सबै खर्च हुननसक्ने लक्षण देखा परेको छ । जिल्लाको लागीविनियोजितपूँजिगत रकम १ अर्व ८० करोड रुपैयाँमध्ये गतफागुन ९ गतेसम्म ४६ प्रतिशतमात्रखर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

पाल्पामा वजेट कार्यान्वयन ४६ प्रतिशत

प्रकाश नेपाल
पाल्पा,२४फागुन ।
यस आर्थिक वर्षका लागी खर्च गर्ने बजेट समयमा आएपनी विगत वर्षमा जस्तो यस वर्षपनीपूँजिगततर्फको वजेट सबै खर्च हुननसक्ने लक्षण देखा परेको छ । जिल्लाको लागीविनियोजितपूँजिगत रकम १ अर्व ८० करोड रुपैयाँमध्ये गतफागुन ९ गतेसम्म ४६ प्रतिशतमात्रखर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार ४८ करोड ५३ लाख रुपैयाँखर्च भएको छ ।

समयमावजेट खर्च गर्नेगरी अख्तियारी आएपनीजिल्लामाविकराल समस्याको रुपमानिर्माणजन्य सामाग्रीको अभावकाकारणले पनिवजेट कार्यान्वयनकालागी समस्यासिर्जनाभएको हो भने केही योजनातथा परियोजनामानिर्माण व्यवसायीको कारणले वजेट कार्यान्वयनमा समस्या देखा परेकोकोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष सकिनलाग्दावजेट सिध्याउने उद्धेश्यले गरिएको विकास राम्रो र दिगोपन हुँनेमा सर्वसाधारणले आशंकाव्यक्त गरेका छन् । समयमावजेट स्विकृत भएपनीनितिगत रुपमा समस्याविद्यमान छन् । सडक, सिँचाई जस्ता विकासे कार्यालयहरुबाट हुने कामअन्तर्गत टेन्डर प्रक्रियामा  कठिन हुन्छ । अर्कोतर्फ टेण्डर भएपनीनिर्माण कम्पनीले समयमाकाम सम्पन्नगर्न नसक्ने जस्ता समस्याले वजेट कार्यान्वयनमा समस्या देखा परेको को.ले.निकापाल्पाले जनाएको छ । सडक कार्यालयकालागि यस आर्थिक वर्षमा ४४ करोड विनियोजित रकममध्ये १७ करोड ४६ लाखमात्रखर्च भएको छ । खानेपानीतथा सरसफाई डिभिजन कार्यालयलाई प्राप्तअख्तियारी बजेट १२ करोडमध्ये ३ करोड ६८ लाख रुपैयाँमात्रखर्च भएको छ । त्यसैगरी शहरी विकास तथा डिभिजन भवनकार्यालयकालागी ३१ करोड ८९ लाखमध्ये ९ करोड ८८ लाख रुपैँयाखर्च भएको छ । जिल्लाप्राविधिककार्यालयलाई प्राप्तपूँजिगतवजेट २३ करोड ८४ लाखमध्ये ३ करोड २२ लाखमात्रखर्च भएको छ ।

कालिगण्डकी करिडोरकालागी २८ करोड ४४ लाखमध्ये ४ करोड ४ लाखमात्रखर्च भएको छ । पुलआयोजना सेक्टरकालागी ४ करोड ३० लाखमध्ये १ करोड ८० लाख रुपैयाँखर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयकाअनुसार जिल्लाविकास समितीलाई प्राप्तपूँजिगतवजेट १६ करोड ८२ लाखमध्ये ५ करोड ३५ लाख रुपैयाँमात्रखर्च भएको छ ।

त्यसैगरी डिभिजन सिँचाई कार्यालयकालागी ६ करोड ६८ लाखमध्ये १४ लाख १३ हजार, जिल्लाप्रशाशनको भौतिकपूर्वाधार निर्माणका लागी १ करोड ६० लाख रुपैयाँमध्ये १६ लाख ६४ हजार रुपैयाँमात्रखर्च भएको छ । त्यसैगरी जिल्ला भू–संरक्षणका लागी १ करोड ९१ लाखमध्ये २५ लाख ५६ हजार रुपैयाँमात्रखर्च भएको छ । समयमावजेट र अख्तियारी प्राप्तभएपनिवजेट कार्यान्वयनकालागी सम्बन्धितकार्यालय, निर्माण व्यवसायीको कारणले गर्दा जिल्लामाप्राप्त ठूलो धनराशी हरेक वर्ष फ्रिजभएर जाने गरेको छ ।  
    

 

Leave a Reply