सुनसरी, २६ मंसिर । सुनसरी क्षेत्र नं.३ मा सोमबार देखि स्थगित भएको मतगणना तत्काल सुरु गर्नका लागि निर्वाचन आयोगले निर्देशन दिएको छ । अर्धकट्टी सहित नौ वटा मतपत्र भेटिएपछि त्यहाँ मतगणना स्थगित भएको थियो ।
अर्धकट्टीसहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर अहिले मतगणना शुरु गर्ने अन्तिम तयारी भएको बताईएको छ ।
बाम गठबन्धनको अहिले एमाले पार्टी कार्यालय सुनसरीमा बैठक बसिरकेको छ । मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ ।
सोमबार मतगणना स्थलमा दुवै तर्फबाट झडप हुने सम्भावना बढेपछि प्रहरी परिचालन गरिएको थियो । मतगणनाका क्रममा नौ वटा अर्धकट्टी सहितका नौ वटा मत पत्र भेटिएपछि विवाद भएको थियो ।