महोत्तरी ४ मा फोरमका सुरेन्द्रकुमार यादव विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

काठमाडौँ, २५ मंसिर। महोत्तरी ४ मा संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार सुरेन्द्रकुमार यादव विजयी भएका छन्।

फोरमका यादव १८ हजार ३ सय ५३ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याए।

वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मो रजी हैदरले १२ हजार ९४५ भोट पाए।