सर्लाहीमा झडप, मतगणना स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

सर्लाही, २५ मंसिर। सर्लाहीमा पार्टी प्रतिनिधिबीचको झडपमा सर्लाही क्षेत्र नम्बर ४ को मतगणना अवरुद्ध भएको छ। एउटा मत पेटिकामा सात सिल हुनुपर्ने भए पनि पाँच वटा मात्र भेटिएपछि भएको कांग्रेस र राजपाका प्रतिनिधिबिचको विवाद झडपमा परिणत भएको हो।

झडपमा परी ३५ वर्षीय कपलेश्वर मण्डल र करिब ५० वर्षीय सुरेन्द्र सिंहको टाउकोमा गम्भीर चोट लागेको छ। झडप उग्र बन्दै गएपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।  अहिले स्थिति सामान्य भएपनि मतगणना पुनः सुरु हुन सकेको छैन।

ताजा समाचार