घरदैलो कार्यक्रमा हिँडेका प्रकाशमानलाई मतदाताले सोधे– मेलम्चीको पानी कहिले आउँछ ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

घरदैलो कार्यक्रमा हिँडेका प्रकाशमानलाई मतदाताले सोधे– मेलम्चीको पानी कहिले आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् । आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिलो आउँछ ?’ भनि प्रश्न गरेका थिए ।

मतदाताले मेलम्ची पानीको बारे गुनाशो गरेको बताउदै आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको सिंहले बताए । सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे ।

काडमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई तीन पटक विश्वाश गरेको तर सुरुको दुई पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकाशमा त्यति समय दिन नसके उनले बताएका थिए ।संविधान र्निमाण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बडाएको सिंहले जनाए । ‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्याएको छु,’ उनले भने ।

Leave a Reply

ताजा समाचार