रूपन्देहीकाे वडास्तरमा मतदाता शिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रूपन्देहीकाे वडास्तरमा मतदाता शिक्षा

भैरहवा। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । रुपन्देहीको १५५ वटा वडामा मतदाता शिक्षा सहजकर्तालाई १६ वटै पालिकाका अनुगमन अधिकृतहरूले तालिम दिइरहेका छन् । तालिम लिएर उहाहरूलाई निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन वडा स्तरमा पठाइएको छ। उनीहरूले नमुना मतपत्र, मतादाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचार सहिंता, मतपत्रमा छाप लगाउने सहि तरिका, मतदान बदर हुनसक्ने अबस्था जस्ता विषयमा तयार परिएका मतदाता शिक्षा सामग्री सहित शिक्षा दिनेछन । सहजकर्ताले नागरिक जम्मा हुने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजिकरण गर्नेछन् । ४ वटा मतपत्रमा ४ वटा चिह्नमा मतदान गर्नुपर्ने भएकाले मतदाता झुक्किन सक्ने सम्भावनालाई यो शिक्षाले सहजता प्रदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

रुपन्देहीमा २०८ वटा मतदान स्थलबाट निर्वाचन हुँदै छ, जसमा ७०२ वटा मतदान केन्द्र छन् । रुपन्देहीको हकमा प्रत्यक्ष तर्फको मतपत्रबाहेक सबै निर्वाचन सामग्रीहरू आइसकेको छ । अब यसलाई आवश्यकताअनुसार बाँडफाँट गर्ने र पठाउनुभन्दा अगाडिको अवस्थासम्मको लागि तयारी अवस्थामा राख्न कार्यालय लागेको छ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);