स्थनीय तहको निर्बाचन घोषणासंगै जाजरकोटबासी खुशि | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

स्थनीय तहको निर्बाचन घोषणासंगै जाजरकोटबासी खुशि

सरस्वती गिरी ,२३ फागुन,जाजरकोट ।
स्थानीय तहको निर्बाचन घोषणासंगै जाजरकोटबासी खुशि भएका छन । लामो समयपछि जनप्रतिनिधि छान्न पाउने अबसर आएका भन्दै जिल्ला बासी खुशि भएका हुन । निर्बाचन घोषणासंगै स्थानीय स्तरमा उम्मेद्वारहरुको समेत

स्थनीय तहको निर्बाचन  घोषणासंगै जाजरकोटबासी खुशि

सरस्वती गिरी ,२३ फागुन,जाजरकोट ।
स्थानीय तहको निर्बाचन घोषणासंगै जाजरकोटबासी खुशि भएका छन । लामो समयपछि जनप्रतिनिधि छान्न पाउने अबसर आएका भन्दै जिल्ला बासी खुशि भएका हुन । निर्बाचन घोषणासंगै स्थानीय स्तरमा उम्मेद्वारहरुको समेत  चर्चा शुरु भएको छ । १९ बर्षपछि आफ्ना प्रतिनिधि छान्ने अबसर आएका भन्दै जिल्लाबासी खुशि देखिएका छन । निर्बाचन भए दुर्गममा विकासको पहुुँच बृद्धि हुने स्थानीयको विश्वास छ ।

जिल्लाका ३ नगरपालीका र ४ गाउँपालिकामा राजनीतिक चहलपहल समेत शुरु भएको छ । दलहरुले समेत गाउँ गाउँमा विकासे मुद्दा खोज्न थालेका छन । दलहरुले राजनीतिक पल्लाभारी खोजे पनि निर्बाचन तोकिएकै समयमा हुनु पर्ने स्थानीयको माग छ ।

राजनीतिक असमजदारीका  कारण संबिधान कार्यन्वयनमा जटिलता देखिएका बेला स्थानीय तहको निर्बाचनले संबिधान कार्यन्वयनमा गति   बढाउने जाजरकोटबासीको बुझाइ छ ।  संबिधान कार्यन्वयन भए शान्ति र सुबिधा हुने स्थानीयको भनाई छ ।

१२ राजनीतिक दल दर्ता भएको जाजरकोटमा ७९ हजार ३ सय १५ मतदाता रहेको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । निर्बचनको  मिति घोषणसंगै कार्यालयले कामको गति बढाएको जिल्ला निर्बाचन अधिकारी हरिबहादुर बुढाथोकी बताउनु हुन्छ ।

निर्बाचन आयोगमा १२ दल दर्ता भए पनि स्थानीय तहको निर्बाचनमा मुख्य राजनीतिक दलहरुको नै प्रतिस्पर्धा हुने स्थानीयको बुझाइछ । नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र राप्रापाले आउने निर्बाचनमा आ आफ्नो दलले जित्ने दाबी गर्न थालेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);