तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको छ । छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदी तोलाको १२ सय रुपैयाँमा काराेबार भइरहेको छ ।

 

Leave a Reply