लगातार सुनको मूल्य ओरालो  | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

लगातार सुनको मूल्य ओरालो 

काठमाडौं। सुनको मूल्य लगातार चार दिनयता घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र बिहीबार ३०० रुपैयाँ रुपैयाँले सुनको मूल्य घटेको हो । बिहीबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ७५ रुपैयाँ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);