तनहुँ : ४२ वटा फर्जी मत भेट्टिएपछि प्रदीप पौडेलद्वारा पुनः मतदानको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तनहुँ : ४२ वटा फर्जी मत भेट्टिएपछि प्रदीप पौडेलद्वारा पुनः मतदानको माग

तनहुँ, २४ मंसिर । तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएपछि पुनः मतदान हुने अवस्था आएको छ। प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ मतले पराजित गरेको चर्चा सार्वजनिक भएपछि उम्मेदवार पौडेलले त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग गरेका हुन्।

२ हजार ३२८ मत रहेको पछिल्लो मतपेटिकाका मत गणना गर्दा २ हजार ३७० मत भेटिएको छ। हामीसँग कुरा गर्दै काँग्रेस उम्मेदवार पौडेलले भने सुरुमा देखिएको संख्याभन्दा धेरै संख्यामा मत देखिनुले फर्जी मत खसालेको पुष्टि हुन्छ। यो हामीलाई मान्य छैन। उम्मेदवार पौडेलले निर्वाचन कार्यालयमा पुनः मतदानको माग गर्दै लिखित निवेदन दिएका छन्। पछिल्लो परिणाममा आशा कोइरालाको १४ हजार ९८४ मत छ भने पौडेलको उनीभन्दा पाँच मत मात्रै कम छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);