स्थानीय चुनावमा पराजय बेहोरेका चन्द्रकान्त यसपालि निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

सप्तरी, २४ मंसिर। पछिल्लो मत परिणाम अनुसार राजपाका चन्द्रकान्त चौधरी सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट २२ हजार पाँच सय ८४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। स्थानीय तहको निर्वाचनमा हारेका राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

गत चुनावमा पार्टीबाट टिकट नपाएका यी उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवलाई तीन हजार एक सय ८३ मतान्तरले हराएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी यादवले १९ हजार चार सय एक मत ल्याए।