कांग्रेस बाजुरा सभापतिमा तीनजना उम्मेदवारकै बहुमत पुगेन, फेरि मतदान हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस बाजुरा सभापतिमा तीनजना उम्मेदवारकै बहुमत पुगेन, फेरि मतदान हुने

बाजुरा । नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतगणनाको अन्तिम नतिजा प्रकाशन भएको छ । बाजुराको नेपाली कांग्रेसको एक हजार दुई सय १२ मध्ये एक हजार दुई सय पाँच मत खसेको थियो ।

बुधबार बिहान ६ बजेदेखि गणना सुरु गरिएको मत गणनाको परिणाम अनुसार सभापतिका उम्मेदवार कविराज पण्डितले चार सय ८९ मत ल्याएका छन भने रामसिंह रावलले चार सय ७४ मत ल्याएका छन् । त्यसैगरी, स्वतन्त्र उम्मेदवार चक्र शाह एक सय ५२ मतमा सीमित भए । 

सभापतिका दुईजना पहिलो हुने पण्डित र दोस्रो हुने रावलबीच पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएकोमा फेरि मतदान हुने विधानमा रहेको निर्वाचन समितिले जनाएको छ । 

जम्मा खसेको मतको ५१ प्रतिशत भनेको ६ सय १५ मत ल्याउनु पर्नेमा कसैको नआएकोले पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा देउवा पक्षबाट कविराज पण्डितको सभापतिसहितको टिम थियो भने पौडेल–सिटौला पक्षबाट रामसिंह रावलसहितको टिम थियो । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल थियो ।

त्यसैगरी उपसभापतिमा नारायण पाध्याय सात सय ४८, पदम बडुवालको सात सय ५६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी शेरबहादुर खातीको चार सय ३२ मत प्राप्त गरी पराजित भएका छन् । सचिवमा तिलकराज पुरी र भरतबहादुर रोकाया विजयी भएका छन् । सहसचिवमा कृष्णराज पाध्याय र सुरेन्द्रबहादुर सिहं विजयी भएका छन् । 

सदस्यमा कृष्णराज उपाध्याय र धनलाल पाध्याय विजयी भएका छन् । बुढिगंगा नगरपालिकाबाट महिला सदस्य सुर्जादबी रावल र  पुरुष सदस्यमा प्रेम थापा र बलबहादुर थापा विजयी भएका छन् ।

त्यस्तै त्रिबेणी नगरपालिकामा सदस्यमा करिस्मा ऐडी, राजेन्द्र खत्री र जुद्धबहादुर ऐडीले विजयी भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा धर्मा बुढाको र कुम्भनाथ योगी विजयी भएका छन् ।

स्वामिकार्तिक गाउँपालिकामा अप्सरा शाही र हिक्मत बहादुर बुढा विजयी भएका छन् । खस आर्य खुला सदस्यहरुमा अन्तिमबहादुर शाही, अशोकबहादुर दानी, कपुर अधिकारी, जयन्द्र शाह, देवबहादुर रोकाया, मोहनबहादुर भाट विजयी भएका छन् । दलित जनजाति समूहबाट तनि थापा भोटे, साइमल ल्वार र वीरभान ल्वार र अपाङग अल्पसंख्यबाट कृष्णकुमार गिरी विजयी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);