भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी

एजेन्सी । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खर्गे विजयी भएका छन् । सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्प्रर्धा भएको थियो । पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो । कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए । खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसैबीच, निर्वाचनमा धाँधली भएको थरुरले आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);