सर्लाहीको कर्मैयामा सहकारी प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीको कर्मैयामा सहकारी प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा फरार

सर्लाही । सर्लाहीको कर्मैयास्थित मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा समूह फरार भएको छ ।

बुधबार बिहान साढे १० बजेतिर बागमती नगरपालिका–१, मिलनचोकमा रहेको बचत तथा ऋण सहकारी प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरेको हो । तीनजनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर कार्कीलाई पैसा दिन भन्दै धम्क्याएका थिए ।

कार्कीले प्रतिकार गर्नेबित्तिकै लुटेरा समूहले चार गोली प्रहार गरेको उनको भनाइ छ । गोली प्रहार गरेपछि लुटेरा समूह भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन् । कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको छ । उनको सर्लाहीमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);