गोपल पोख्रेल, २१ फागुन ,उदयपुर ।
गरे आफ्नै माटोमा सुन पल्छ भन्ने उदाहरण उदयपुरका किसानले देखाएका छन् । व्यवसायीक तेजपताको खेतिले स्थानीयको आर्थिक अवस्था सवल वन्दै गएको छ ।
उदयपुर जिल्लाको रौता, आँपटार, खाँबु, साउने, चिलाउनेलगायतका गाविसमा केही बर्ष अघिसम्म खसीबोकाको घाँसको रुपमा मात्रै प्रयोग हुने तेजपत्ता अहिले प्रमुख आम्दानीको माध्यम बनेको छ । ५÷६ बर्ष अघि तेजपत्ताको महत्व बुझेका किसान यसको व्यवसायिक खेतीमा लागेपछि तेजपत्ता प्रमुख नगदेबाली बनेको हो ।
अघिल्लो बर्ष प्रति केजी १४ रुपैंयाँमा बिक्री गरिएकोमा यसबर्ष प्रतिकेजी २४ रुपैंयाँसम्ममा बिक्री गरिरहेको किसानहरु बताउँछन् । हरेक बर्ष मूल्य बढ्दै गएको र बजारको समस्या नभएकाले किसानले तेजपत्ताको व्यावसायिक खेती गर्दै प्रमुख नगदेबालीको रुपमा विकास गरेका छन् ।
जंगलमा प्राकृतिक रुपमा उम्रिएको तेजपत्तालाई व्यावसायीकरण गरी अहिले प्रत्येक किसानले आफ्नो बारीमा रोपेका छन् । यसअघि परम्परागत रुपमा संकलन गरी बिक्री गर्दै आएका किसानले गतबर्षदेखि पातको गुणस्तर निर्धारण गरी व्यवस्थित रुपमा बिक्री गर्न थालेका छन् ।
उदयपुरमा बार्षिक करीव १ हजार २ सय मेट्रिक टन तेजपत्ता उत्पादन हुने गरेको छ । काठमाण्डौ, विराटनगर, तथा भारतका बिभिन्न क्षेत्रमा यसको बिक्री गरिन्छ । सडक र यातायातको अभावका कारण समयमै बजारसम्म ढुवानी गर्न नसक्दा जिल्लाको बाँस्बोटे, ताम्लिछा, बलम्तालगायतका गाविसको तेजपत्ता अमmै सडेर खेर जाने अबस्थामा रहेको किसानहरु बताउँछन् ।