बर्दिया : बामदेव गौतम भारी मतले पछाडि, कसको मत कति ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८१, आइतबार

बर्दिया, २४ मंसिर । बर्दियाको क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतम लगातार पछि पर्दै जानुभएको छ । सुरुमा अग्रता बनाइराखे पनि अहिले भने उहाँ झण्डै २५०० मतले पछि पर्नुभयो। मतगणना सुरु भएदेखि शनिवार दिउँसोसम्म कांग्रेसका सञ्जय गौतमसँगको दूरी टाढै राखेका बामदेव गौतम शनिबार बेलुकादेखि भने ढुक्क हुने अवस्थामा हुनुहुन्न।

पछिल्लो पटक गनिएका धेरैजसो मत कांग्रेसका गौतमको पोल्टामा परेपछि बामदेव खतरामा पर्नुभएको हो। मतगणना सुरु भएदेखि बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बामदेव गौतमले ९ सय देखि २ हजार ४ सयको अग्रता लिनु भएको थियो। मतान्तर घटदै गएर ५ सय ७६ मतले पछि रहेका बेला शनिबार राति साढे ११ बजे एक्कासी मतान्तर बढेको थियो।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देबराज भारतीका अनुसार सिँचाई मन्त्रि समेत रहनुभएका सञ्जयकुमार गौतमले ३४४०४ मतसहित अग्रता लिनु भएको छ। उहाँका प्रतिस्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतम ३१९४८ मतसहित पछ्याइ रहनुभएको छ। सञ्जय गौतम, बामदेव गौतम भन्दा २४५६ मतले अघि हुनुहन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);