मध्यपश्चिम र सूदुरपश्चिम जोड्ने पुल निर्माणसंगै समृद्धिको सपना | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

मध्यपश्चिम र सूदुरपश्चिम जोड्ने पुल निर्माणसंगै समृद्धिको सपना

गोपाल भट्टराई, २१ फागुन दाङ ।
मध्यपहाडी लोक मार्ग अन्र्तगत राकम कर्णालीमा बनेको पुलले मध्य पहाडको विकासको सम्भावनालाई बलियो बनाएको छ । मध्यपश्चिम र सूदुरपश्चिम जोड्ने पुल निर्माणसंगै समृद्धिको सपना समेत पलाउन थालेको छ ।
छिमेकी जिल्लामा आवत जावत गर्न दुइ दिनको वाटो घुमेर जानु पर्ने अवस्थाबाट अब मुक्ति मिल्ने भएको छ । पुल

मध्यपश्चिम र सूदुरपश्चिम जोड्ने पुल निर्माणसंगै समृद्धिको सपना

 

गोपाल भट्टराई, २१ फागुन दाङ । मध्यपहाडी लोक मार्ग अन्र्तगत राकम कर्णालीमा बनेको पुलले मध्य पहाडको विकासको सम्भावनालाई बलियो बनाएको छ । मध्यपश्चिम र सूदुरपश्चिम जोड्ने पुल निर्माणसंगै समृद्धिको सपना समेत पलाउन थालेको छ । छिमेकी जिल्लामा आवत जावत गर्न दुइ दिनको वाटो घुमेर जानु पर्ने अवस्थाबाट अब मुक्ति मिल्ने भएको छ । पुल निर्माणले सुदुरपश्चिमलाई केन्द्रसंग नजिक बनाएको छ । कर्णाली नदीकै कारण सुदुर पश्चिमलाई सबैबाट टाढा बनाएको थियो ।

 

सूदुरको तराई क्षेत्रलाई जोड्न कर्णाली चिसापानी पुलले महत्व राखेको छ । मध्य पहाडी राजमार्ग अन्तरगतको राकममा पक्किपुल निर्माण भइ सञ्चालनमा आए पछि सुदुर पश्चिम र मध्यपश्चिमको सम्बन्धमा समेत विस्तार भएको छ । मध्य पहाडलाई जोड्ने उद्देश्यका साथ २०६७ साल देखि सुरु भएको सडक योजना दुइ खण्डमा विभाजन गरि काम थालिएको थियो । सडक निर्माण अन्तरगत अछाम–दैलेख जोड्ने गरि कर्णालीमा पुल निर्माण गरिएको हो । पुल निर्माण हुँदा स्थानीय निकै उत्साहित बनेका छन् ।

 

उनीहरुले पुल नहँुदा कर्णालीमा वारपार गर्न समस्या हुनुको साथै जोखिम मोलेर तर्नुपर्ने अवस्था रहेकोमा अहिले सजिलो भएको वताए । अहिले कर्णालीमा पुल निमार्ण भए पछि जोखीमको यात्रा घटेको छ भने पहिले सञ्चालन भएको तुइन पनि विस्तापन भएको छ । पुल दुइ प्रकारले निर्माण भएको र यसले सुदुर पश्चिमका जनतालाई राजधानी संग नजिक बनाउने भएको छ ।

Leave a Reply