सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका एकजना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् ।

यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जोकोहीले मंगलबारबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);