नवलपरासी, २२ मंसिर । नवलपरासीको प्रतिनिधिसभा तर्फको दुबै क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ क्षेत्रमा सुरुदेखि नै लिएको अग्रतालाई शनिबार मध्यान्हसम्म पनि नेपाली कांग्रेसले कायमै राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका डा। शशांक कोइराला ३ हजार भन्दा बढी मतअन्तरले अघि छन् । कांग्रेस महामन्त्री समेत रहेका कोइरालाले ९ हजार ११० मत प्राप्त गरेका छन् ।
उनलाई वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीले ५ हजार ७ सय ९१ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी क्षेत्रनम्बर २ मा कांग्रेसका विष्णुकुमार कार्की ८ हजार २४५ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका तिलबहादुर महत क्षेत्रीले ७ हजार ४५६ मतले पछ्याइरहेका छन् ।