लमजुङमा ७८ जनामा डेंगु संक्रमण | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

लमजुङमा ७८ जनामा डेंगु संक्रमण

dengue

लमजुङ । देशभर डेंगु संक्रमण बढेसँगै पछिल्लो समय लमजुङमा डेंगुको संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार  ८ सय २०  जनाको परीक्षण गर्दा जिल्लामा ७८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।  संक्रमण फैलिए तापनि यसको कारणबाट मानवीय क्षति नभएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला अस्पताल लमजुङका प्रमुख  हेमन्त श्रेष्ठका अनुसार डेंगु लाग्नुको मुख्य कारण जमेको फोहोर पानी र लामखुट्टेको टोकाइबाट सर्ने भएकाले डेंगुको रोकथामका लागि सरकारले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);