नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा

जनकपुर । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए । एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु ।’

उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न चाहेनन् । स्रोतका अनुसार उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत् रुपमा जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);