सुर्खेतको विकास खर्च १७ प्रतिशत मात्र | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

सुर्खेतको विकास खर्च १७ प्रतिशत मात्र

सुदिप पुरी ,सुर्खेत, २० फागुन ।
चालू आर्थिक वर्षको पछिल्लो ७ महिना बित्दासमेत सुर्खेतमा विकास बजेट १७ प्रतिशत मात्र खर्च भएको छ । समयमै बजेट आउँदा पनि १ चौथाइ बजेट समेत खर्च हुन नसक्नु निराशाजनक हो । सुर्खेतमा ७ महिनाको अवधिमा विकास बजेट १७ प्रतिशत मात्र खर्च भएको छ । कार्ययोजनामा हुने ढिलाइले खर्च नहुँदा यसको प्रत्यक्ष असर

सुर्खेतको विकास खर्च १७ प्रतिशत मात्र

सुदिप पुरी ,सुर्खेत, २० फागुन । चालू आर्थिक वर्षको पछिल्लो ७ महिना बित्दासमेत सुर्खेतमा विकास बजेट १७ प्रतिशत मात्र खर्च भएको छ । समयमै बजेट आउँदा पनि १ चौथाइ बजेट समेत खर्च हुन नसक्नु निराशाजनक हो । सुर्खेतमा ७ महिनाको अवधिमा विकास बजेट १७ प्रतिशत मात्र खर्च भएको छ । कार्ययोजनामा हुने ढिलाइले खर्च नहुँदा यसको प्रत्यक्ष असर समानुपातिक विकास वितरण तथा ठूला पूर्वाधार निर्माणमा व्यवधान आउने, योजना अधुरा रहने, अन्तिम समयमा बजेट सक्न दबाब पर्ने र रकम फ्रिज हुने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका निमित्त कोष नियन्त्रक लोकप्रसाद पौडेलले बताउनु हुन्छ ।

जिल्लाका साना विकासे योजनामा बजेट खर्च भएको देखिए पनि ठूला योजनामा खर्च हुन सकेको छैन । समयमै बजेट आउँदा पनि १ चौथाइ बजेट समेत खर्च हुन नसक्नु निराशाजनक भएको निमित्त स्थानीय विकास अधिकारी टंकप्रसाद लामिछोले बताउनु भयो । अख्यिारी ढिलो आउनु, धेरै सरकारी विदा, छिटो छिटो सरुवा लगायतका कारणले विकासे बजेट खर्च हन नसकेको वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्यको भनाइ छ ।

निराशाजनक खर्चले निजीक्षेत्रको उत्पादनमा पनि प्रतिकूल असर पर्ने हुँदा यस वर्ष तोकिएको आर्थिक बृद्धिदरको लक्ष्यसमेत हासिल नहुने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी बताउनु हुन्छ । ठेक्कापट्टाको झन्झटिलो प्रक्रिया र प्रशासन संयन्त्रको ढिलासुस्ती जस्ता कारणले विगतका वर्षमा जस्तै यसपटक पनि विकास खर्च न्यून हुने देखिएको छ । विकास निर्माणको खर्च किन हुन सक्दैन् यसतर्फ सम्बन्धित मन्त्रालय, विभाग र आमजनताले खोज्नुपर्ने बेला आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);