राप्रपा नेपाल आवद्ध प्रवासी समिति दुवईको अध्यक्षमा लम्साल  | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

राप्रपा नेपाल आवद्ध प्रवासी समिति दुवईको अध्यक्षमा लम्साल 

काठमाडौं । राप्रपा नेपालको  प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ । यही क्रममा दुवईमा आयोजित कार्यक्रममा प्रवासी नेपाल एकता समाजको संगठन गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए । जसअन्तर्गत भेलाबाट प्रवासी नेपाली एकता समाज दुवईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । यस्तै समाजको वरिष्ठ उपाध्यक्षद्वयमा विधान तामाङ र मानबहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणिन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णुप्रसाद सिलवाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा मनोज तामाङ, इजरायल खान, नरेश बस्नेत, मानबहादुर रेश्मी मगर, आश्विन बस्याल, अर्जुन श्रेष्ठ, मिलन तामाङ, नरेश मण्डल, लक्ष्मण अर्याल, एजाज खान, सञ्जय जयसवाल, प्रेम मगर, सैदुर रहमान, अतिकुर रहमान र घिसु माली रहेका छन् । वरिष्ठ सल्लाहकारमा सुरेन्द्रराज आचार्य र टीकाराम सुवेदी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);