स्लोभाकियाको लागि मानार्थ वाणिज्यदुतमा शिवाकोटी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

स्लोभाकियाको लागि मानार्थ वाणिज्यदुतमा शिवाकोटी

लण्डन। नेपाल चेम्बर अफ कमर्सले स्लोभाकियाको लागि  ‘मानार्थ वाणिज्यदुत नियुक्त गरेको छ ।  विगत ८ वर्षदेखि युरोपलाई कर्म क्षेत्र बनाउदै आएका जय प्रसाद शिवाकोटीलाई नेपाल चेम्बर अफ कमर्सले सो जिम्मेवारी दिएको हो। पाँचथर घर भएका शिवाकोटीले स्लोभाकियामा रेष्टुरेन्ट र फर्निचरको व्यवसाय गर्दै आएका छन् । शिवाकोटीलाई  नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजित  एक समारोहकाबीच सो जिम्मेवारी सुम्पिएको हो।

शिवाकोटीले रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि त्यहाँ रहेका नेपालीलाई उद्धारमा उल्लेख भूमिका निर्वाह गरेर चर्चा बटुलेका थिए । उनले नेपाल चेम्बर अफ कमर्सप्रति सो नियुक्तिको लागि आभार व्यक्त गर्दै आगामी दिनमा दुई मुलुकबीचको व्यापारिक सम्बन्धलाई थप उचाईमा लैजान सक्दो पहल गर्ने बताए ।

Leave a Reply