कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उमेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी आठ जना सहमहामन्त्रीलाई दिएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उम्मेदवारको नाम सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई दिएको हो । १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा उनीहरूलाई दिइएको बताइएको छ ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बालुवाटारमै बोलाइएको छ । देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);