अजरबैजानको हमलामा १०५ आर्मेनियाली सैनिक मारिए | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

अजरबैजानको हमलामा १०५ आर्मेनियाली सैनिक मारिए

आर्मेनिया। सोमबारदेखि अजरबैजानसँगको सीमामा भएको झडपमा १०० भन्दा बढी आर्मेनियाली सैनिकको मृत्यु भएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताएका छन् ।अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको छ । आक्रमणको दोष दुबै पक्षले एक अर्कोलाई दिएका छन् । विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच लामो समयदेखि चलिरहेको द्वन्द्वको शृंखलामा यो पछिल्लो ठूलो हताहति हो।

रुस र अमेरिकाले दुई देशबीच शान्ति कायम गर्न आह्वान गरेका छन् ।  आफ्नो देशको संसदमा बोल्दै आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले सोमबार रातिदेखि भएको आक्रमणमा१०५ जना आर्मेनियाली सैनिकको मृत्यु भएको बताए। आक्रमणमा अजरबैजान दोषी रहेको उनले बताए ।  उनले अजेरी सेनाले यस हप्ता आर्मेनियाली क्षेत्रको १० वर्ग किलोमिटर (४ वर्ग माइल) कब्जा गरेको आरोप पनि लगाए । सैन्य सहयोगको लागि आर्मेनियाको लामो समयको सहयोगी रुसतर्फ फर्किएको उनले बताए ।

Leave a Reply

ताजा समाचार