सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१२ चेहेरेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । सडक विभागसँग समन्वय गरि जेसीवीको प्रयोगबाट एक लेन पहिरो पन्छाएसँगै एक तर्फ सडक खुलेको हो ।
अरनिको राजमार्ग अन्र्तगत चेहेरामा आज बिहान सवा ५ बजे पहिरो झरेसँगै दोलखा, बाह्रबिसे, कोदारी संचालन हुने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।