फाल्गुन १९, काठमाडौ. । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मार्चालाई पनि सहमतिमा लिएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
बिहिबार राप्रपा केन्द्रिय कार्यसमितिको बैठकबाट बहिरिदै अध्यक्ष थापाले मधेसलाई अलग गरेर निर्वानमा जाँदा संविधान कार्यान्वयनमा समस्या पर्ने भन्दै मधेसी मोर्चालाई पनि साथमा लिएर निर्वाचनमा जानुपर्ने बताउनुभयो । उहाँले सहमतिका लागि सत्तापक्ष र प्रतिपक्ष दुबैलाई लचक हुन आग्रह समेत गर्नुभयो ।
दलहरु आ–आफ्नै अडानमा कायम बस्दा निष्कर्ष ननिस्कने भन्दै उहाँले मधेस केन्द्रित दलहरुलाई पनि आफ्नो हठ छोड्न आग्रह गर्नुभयो । संविधान संशोधन विधेयक यथास्थितिमा अघि बढाउँदा समस्या समाधान नहुने भन्दै उहाँले विधेयकलाई मतदानमा लौजानुभन्दा स्थगन गरेर अघि बढ्दा उपयुक्त हुने बताउनुभयो ।
संविधान संशोधन विधेयकका कतिपय विषयहरु राष्ट्रिय हित अनुकुल नभएको उहाँको भनाइ थियो ।