काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुका कारण बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने भएका छन् । नेपालको चार दिने भ्रमण सम्पन्न गरी फर्कने क्रममा सडक प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘भोली (बिहीबार) बिहान ९ बजे आसपासमा पनि कालिमाटी देखी एयरपोर्ट सम्म संचालन हुन सवारी साधन प्रभावित हुनेछन्,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बिहीबार बिहान कालिमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माईतीघर, विजुलीबजार, नयाँवानेश्वर, मिनभवन, तीनकुने, सिनामंगलहुँदै एयरपोर्ट सम्मको सडक प्रभावित हुने कार्यालयले जनाएको छ ।
सो रुटमा सञ्चालन हुने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।