डोल्पा, २२ मंसिर । डोल्पाको प्रदेशसभा ‘क’ बाट एक मात्र सिट रहेकोमा वाम गठबन्धनका एमाले उम्मेदवार नन्दसिंह बुढा विजयी भएका छन्।
उनी ४ हजार ८५९ मतका साथ विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि रहेका छन् ।