काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो।
यो क्षेत्रबाट कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र विवेकशील साझाका रवीन्द्र मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
पछिल्लो समय चर्चामा रहेको विवेकशील साझा पार्टीका कारण पनि यो क्षेत्रको मतगणना रोचक हुने आँकलन गरिएको छ ।