क्लिन्टनमाथि अनुसन्धान गर्ने पूर्वन्यायाधीशको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

क्लिन्टनमाथि अनुसन्धान गर्ने पूर्वन्यायाधीशको मृत्यु

न्युयोर्क। अमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि महाभियोग लगाउने विषयमा अनुसन्धानको नेतृत्व गरेका न्यायाधीश केन स्टारको मंगलबार निधन भएको उनको परिवारले घोषणा गरेको छ । ७६ वर्षीय स्टारको शल्यक्रियापछि जटिलताका कारण टेक्सासको ह्युस्टनमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमा जनाएको छ ।

स्टारले पूर्वराष्ट्रपति क्लिन्टनले मोनिका लेविन्स्कीसँगकोे सम्बन्धको बारेमा झूटो बोलेका कारण उनीमाथि लागेको महाभियोगको छानबिनको नेतृत्व गरेका थिए ।

क्लिन्टनलाई सन् १९९८ मा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । तर, माथिल्लो सदन सिनेटले सफाई दिएको थियो ।

Leave a Reply

ताजा समाचार