सर्लाहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

सर्लाहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँ रोडमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्बरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो। उनी मर्निङ वाकका लागि निस्किएका थिए ।

बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए।

ट्रकका चालक प्रहरी नियन्त्रणमा छन्।

Leave a Reply