बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

लन्डन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ । सरकारले सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको हो । महारानीप्रति सम्मान व्यक्त गर्न सरकारले एक दिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सेप्टम्बर ११ मा भारतभर र विदेशस्थित भारतीय नियोगमा भारतीय झण्डा आधा झुकाइने विज्ञप्तिमा उल्लेख छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको निधनप्रति गहिरो शोक व्यक्त गरेका थिए ।

महारानीको निधनप्रति विश्वका नेताले शोक व्यक्त गरेका छन् । महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply