पूर्वविद्यार्थीहरूले शारदा विद्यालयमा स्थापना गरे अक्षयकोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पूर्वविद्यार्थीहरूले शारदा विद्यालयमा स्थापना गरे अक्षयकोष

तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिका-२ फयाकमा रहेको शारदा माध्यमिक विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीले अक्षयकोष स्थापना गरेका छन् । विभिन्न स्थानमा रहेका विद्यार्थीहरूको सक्रियतामा अक्षयकोष स्थापना गरिएको हो । बुधबार छथर गाउँपालिका-२ खैरेनीका किरण लिम्बूले ५१ हजार, छथर गाउँपालिका-२ हाल काठमाडौं- ३२ पेप्सीकोला निवासी निर्मला खनालबाट ५१ सय, छथर गाउँपालिका-२ खैरेनीका देबिन्द्र लिम्बूबाट १४ गरी गरी जम्मा ५७ हजार पाँच सय रुपैयाँ विद्यालयका प्रधानध्यापक बाेधबहादुर निरौलालाई हस्तान्तरण गरेका छन् । किरणका बुवा वीरबहादुर लिम्बूले प्रधानध्यापक निरौलालाई रकम हस्तान्तरण गरेका थिए । विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका अक्षयकोष स्थापना सुरु गरिएको हो ।

अक्षयकोषमा पाँच हजारभन्दा बढी सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा समाबेश गरिने भएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);