सरकारी गाडीले मतदाता ओसारेको भन्दै कपनमा तनाव | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८३, सोमबार

सरकारी गाडीले मतदाता ओसारेको भन्दै कपनमा तनाव

काठमाण्डौँ, २१ मंसिर । कपनस्थित कपन बहुमुखी सामुदायिक क्याम्पस मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । एमालेले मतदाता ओसार्न सरकारी गाडी प्रयोग गरेको भन्दै कांग्रेसका कार्यकर्ताले अवरोध गर्दा तानव भएको हो ।

बा २ झ ३१२० नम्बरको सरकारी गाडी मेयरको भएको र बिना पास एमाले कार्यकर्ता र भोटर ओसार्न प्रयोग गरेको भन्दै कांग्रेसका कार्यकर्ताले रोकेका थिए। यद्यपी एमालेका कार्यकर्ताले भने गाडीको पास आफूहरूसँग भएको बताएका छन्।

यसैबीच विवाद बढ्दै गएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ। गाडी राजकुमार पोखरेलको नाममा पास बनेको प्रहरीले जनाएको छ।