रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छुः जेलेन्स्की | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छुः जेलेन्स्की

किभ। बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई विफल पार्न किभलाई सहयोग गर्ने विश्वास गरेका छन् । हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी भएकी थिइन् । उनी आज बेलायतको प्रधानमन्त्री हुँदैछिन् । जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताए ।‘ हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौं’, जेलेन्स्कीले भने।

‘युक्रेनमा हामी उहाँलाई राम्ररी चिन्छौं । उनी सधैं युरोपेली राजनीतिको उज्यालो पक्षमा छिन’, राष्ट्रपति जेलेन्स्कीले भने, ‘मुख्य कुरा भनेको हाम्रो एकता जोगाउनु हो ।’ २४ फेब्रुवरीमा रुसी हमलापछि बेलायत युक्रेनप्रति समर्थन जनाउँदै रुसको आलोचना गर्दै आएको छ।

Leave a Reply