अर्घाखाँची एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

अर्घाखाँची एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य र प्रदेश सभा ‘ख’ मा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको थियो ।

Leave a Reply