अमरेशकमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अमरेशकमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही

सर्लाही। कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो । कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेश प्रदेश कार्यसमिति÷अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै जिल्ला अनुशसान समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार उक्त पत्र सार्वजनिक भएको छ । सिंहको निर्वाचन क्षेत्र सर्लाही–४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ ।

उपरोक्त सम्बन्धमा पार्टिको आधिकारीक उमेदवारहरुलाई स्थानीय तह निर्वाचनमा अन्तघात/असहयोग गर्ने सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद माननीय अमरेश कमार सिंह लाई जिल्ला अनुशासन समितिले नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९/०३/०३ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागी पठाइएको छ,’ संयोजक जिल्ला अनुगमन समिति (जिल्ला उपसभापति) डा सरोेजकुमारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);