अन्तर्घातको आरोपमा कैलाली कांग्रेसद्वारा २० जनामाथि कार्बाहीको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

अन्तर्घातको आरोपमा कैलाली कांग्रेसद्वारा २० जनामाथि कार्बाहीको सिफारिस

nepali congress logo

कैलाली, २७ जेठ । कैलाली कांग्रेसले प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न भुमिका खेलेको भन्दै २० जनाको नाम कार्वाहीका लागि सिफारिस गरेको छ ।

कांग्रेस सभापति देउवाले अन्तरघातिलाई कारवाही गर्ने घोषणा गरेपछि कैलाली कांग्रेसले अन्तरघात गरेको आरोपमा २० जनालाई कार्बाहीका लागि सिफारिस गरेको हो । अन्तरघाति भन्दै कारवाही सिफारिस गरिएकोमा पहिलो नम्बरमा पूर्वसांसद पुष्करनाथ ओझा छन् ।

कार्बाही सिफारिस हुनेमा कैलालीका सचिव पूर्ण कुँवर, महासमिति सदस्य आनन्दराज जोशी, महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटा लगायत छन् । यस्तै क्षेत्र नम्बर ५ का उप–सभापति कुम्भराज गिरी, नेविसंघका सह–महामन्त्री प्रेम जोशी, धनगढी उपमहानगरपालिका–७ का वडासभापति देवबहादुर सेठ्ठी लगायतका नेता कार्यकर्ता छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);