कांग्रेसका ४ केन्द्रीय सदस्यसहित २ जिल्ला सभापतिमाथि कारवाहीको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

कांग्रेसका ४ केन्द्रीय सदस्यसहित २ जिल्ला सभापतिमाथि कारवाहीको सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यसहित दुई जिल्ला सभापतिमाथि कारवाही गर्न उजुरी परेको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको भन्दै काभ्रे, सोलखुम्बु, कपिलवस्तुुबाट कारबाहीको सिफारिस आएको हो ।

केन्द्रीय कार्यसमितिले पुस १५ गतेभित्र अन्तर्घात गर्नेको नामावली केन्द्रमा पठाउन निर्देशन दिएअनुसार केन्द्रमा उजुरी परेको हो । काभ्रे जिल्ला कार्यसमितिले दुई जना केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको छ । त्यस्तै, काभ्रे कांग्रेसले प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कन्चनबादे श्रेष्ठमाथि पनि कारबाही सिफारिस गरेको छ ।

सोलुमा जिल्ला सभापति नाम्गले जाङ्बु शेर्पामाथि कारबाहीको सिफारिस परेको छ । उनीमाथि नेता बलबहादुुर केसीलाई हराएको आरोप लागेको छ । कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामसहित नेताहरुमाथि कारबाहीको सिफारिस गरिएको छ ।

त्यस्तै, दोलखा कांग्रेसका जिल्ला सभापति बर्मा लामाले पनि केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीमाथि कारवाहीको माग गरेका छन् । शिवाकोटीले आफूमाथि अन्तर्घात गरेर प्रदेश सभा सदस्यमा पराजित गरेको आरोप लगाएका छन् ।

Leave a Reply