नागरिकता विधेयक खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

नागरिकता विधेयक खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन

काठमाडौं। विवादास्पद नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ ।

स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अघि प्रदर्शन गरेका हुन् । उनीहरुले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् ।  ‘मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो। कर्तव्य बोध गरौं। दल, राजनैतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौं’, अपीलमा भनिएको छ ।

Leave a Reply