मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार सिफारिस गरेको छ ।
राप्रपा मकवानपुरको शनिबार हेटौंडामा बसेको बैठकले थापालाई उनको गृहक्षेत्र मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो ।
राप्रपा मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाका अनुसार पूर्वउपप्रधानमन्त्री रहेका थापा गत निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाटै यसै क्षेत्रबाट उम्मेदवार बनेका थिए ।