एजेन्सी, २० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकार गरेको वरिष्ठ अधिकारीहरुले बताएका छन् ।
तर अधिकारीहरूले ट्रम्पले अहिले नै तेल अवीवमा रहेको अमेरिकी दूतावासलाई जेरुसेलममा सार्न नसक्ने बताए।
राष्ट्रपति ट्रम्पको सम्भावित सम्बोधन गर्नु अघि नै यो समाचार आएको बीबीसीले जनाएको छ ।
तर अरबका नेताहरुले भने जेरुसेलममा अमेरिकी दूतावास सार्नु मुस्लिमहरुलाई एक फराकिलो उत्तेजित बनाउनु भएको चेतावनी दिएका छन् ।
मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन् साथै निकै विवादित क्षेत्र पनि ।
इजरायलले जेरुसेलमलाई राजधानी मान्दै आएको छ तर, प्यालेस्टायनले पूर्वी जेरुसेलम भविश्यको प्यालेस्टायनी राज्यको राजधानीको रुपमा लिएको छ ।
जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिका पहिलो देश हो ।