लमजुङमा पनि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

लमजुङमा पनि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

लमजुङ। नेपाली कांग्रेस लमजुङले आगामी मसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियानको औपचारिक सुरुवात गरेको छ ।  देशभर शुक्रबारदेखि सुरु गर्ने भनिएको अभियान आइतबारबाट लमजुङमा पनि सुरु गरिएको हो । लमजुङमा अभियान सुरु गर्दै  केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य शंकर भण्डारी मुलुकको दिगो विकास र समृद्धिका लागि कांग्रेसको आवश्यक परेको भन्दै आगामी निर्वाचनको परिणाम कांग्रेसको पक्षमा पार्न अभियान सुरु गरिएकाे बताए । मुलुकको राजनीतिक इतिहासमा ठूला र महत्वपुर्ण परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको उल्लेख गर्दै नेता भण्डारीले अब देशको विकास र समृद्धिका लागि पनि कांग्रेसको विकल्प नरहेको दाबी गरे ।  कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङसहित अभियान सुरुवात कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा अभियानलाई सफल बनाउन जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, पालिका स्तरीय समिति र अन्य भातृ तथा शुभेच्छुक सँगठनका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);