मतपेटिका रुङ्दै कार्यकर्ता, भवनमा बसेको ९ दिन पुग्यो, कुर्सीमै बित्यो रात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १९ मंसिर । दशरथचन्द नगरपालिका–४ शाहीलेकका दशरथ टमटा नगरपालिका भवनमा बसेको ९ दिन पुग्यो। लोकतान्त्रिक गठबन्धनका तर्फबाट मतपेटिका कुरुवा बसेका राप्रपा कार्यकर्ता टमटाको बासै त्यहीं छ।

‘पार्टीले खटाएकाले आफ्नो काम छाडेर पनि बसेको छु,’ उनले भने, ‘सुरुको दिन कुर्सीमै बसेर रात बिताए, अहिले ओढ्ने–ओछ्याउनेको व्यवस्था छ।’ मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षामा दलले २४ सै घण्टा कार्यकर्ता खटाएका छन्।

उम्मेदवार र अधिकांश नेता-कार्यकर्ता दोस्रो चरणको निर्वाचन प्रचारमा हिँडेका छन्। उनीहरूले भ्रातृ संगठनका कार्यकर्ता कुरुवा छाडेका हुन्। कार्यकर्ताले सुरक्षाकर्मीझैं एकछिन नछाडेर मतपेटिका कुर्दै आएका छन्। खाना खानसमेत पालैपालो जाने गरेको उनीहरूले बताए। – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);