हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

काठमाडौं, १९ मंसिर । मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखा परेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। महाशाखाका मौसमविद मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखा परेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुन सक्ने बताए। ‘यसको प्रभाव विशेषगरी पश्चिम र मध्य हिमाली क्षेत्रमा पर्ने सम्भावना छ,’ उनले भने। – नयाँ पत्रिका दैनिकबाट

ताजा समाचार