प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते 

प्युठान। प्युठानको सरुमारानी गाउँपालिका–४ मा आज गाडी (वीङ्गर) दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् ।

दाङको भालुवाङबाट प्युठानको बाग्दुला तर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको वीङ्गर आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । घाइते मध्ये प्युठानको ऐरावती गाउँपालिका–२ बस्ने ज्ञानहरि भुषालका चार वर्षिय छोरा प्रमिसको अवस्था गम्भिर रहेको छ । घाइते ६ जनालाई उपचारको लागी बुटवल पठाइएको छ । तीन जनाको स्थानीय साझा पोलिक्लिनिक र एक जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ।

Leave a Reply

ताजा समाचार